बुद्धिचालको खुल्ला बिल्चमा आर्मीका जैसवाल र महिला बिल्चमा लोहनीलाई स्वर्ण

पाेखरा | कात्तिक २, २०७९

बुद्धिचालको खुल्ला बिल्चमा आर्मीका जैसवाल र महिला बिल्चमा लोहनीलाई स्वर्ण

पोखरा : नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् ।

 

प्रतियोगिता अन्र्तगत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कुल ९ खेल मध्ये ८ खेलमा जीत र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो । 

 

खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । नेपाल पुलिस क्बलका भण्डारीले कुल ९ खेलमा ७ जीत, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभु्वन आर्मी क्बलका मर्हजनले ९ खेलमा ६ जीत, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अंक प्राप्त गर्नुभएको थियो । 

 

प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा  त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिक क्लबकी पूर्णिमा गुरुङले ८ खेलमा जीत र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक जित्नु भएको छ ।  

 

त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।  

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्